गाेरखा । इण्डियन आयल कर्पोरेशनबाट आज १५ मार्च २०२४ (चैत्र ०२ २०८०) मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रति लिटर क्रमशः रु. १.२२२ रु.२.०६ ले घटेर आएकोले निगम संचालक समितिको निर्णय अनुसार १६ मार्च २०२४ (मिति २०८०/१२/०३) बिहान ०००१ बजेदेखि लागु हुने गरी साविकको खुद्रा विक्री मूल्यमा पेट्रोल प्रति लिटर रु. १.०० र डिजेल तथा मट्टितेल प्रति लिटर रु. २.०० ले घटाएकाे निगमले बताएको छ ।
आज रातकाे १२ बजेपछि घटेकाे मूल्यमा ईन्धन भर्न निगमले सबैलाई सूचना गरेकाे छ ।






