दुर्गम गाउँका नागरिकहरुको बाँच्ने सहारा, धार्चे अस्पताल

आइतवार, कार्तिक २४, २०८२
0
261
राजेन्द्र न्यौपाने
२३ कार्तिक, गोरखा । स्थानीय सरकार हुन अघिसम्म धार्चे क्षेत्रका स्वास्थ्य चौकीहरुमा सिटामोल पाउन पनि समस्या थियो, स्वास्थ्यकर्मीका नाममा त्यहाँ एकजना स्थानीय कार्यलय सहयोगी मात्र । स्वास्थ्य कार्यलयले पठाएका औषधीहरु सकिएपछि स्वास्थ्य चौकी प्राय बन्द हुन्थे । यहाँका नागरिहरु मनास्लु हिमाल र लार्केपास गर्न जाने पर्यटकहरुले दिएका औषधीको भर यहाँका नागरिहरुलाई थियो ।
समयले दुर्गम स्थानका नागरिहरुको पनि स्वास्थ्य सेवा पाउने अधिकार हुन्छ भन्ने कुरा २०७२ सालको विनाशकारी भूकम्पपछि स्विट्जरल्याण्डबाट आएको उद्धार टोलीले गरेको योगदानबाट खुल्न आउँछ । यस क्षेत्रका जनजीवन, घर, विद्यालय र स्वास्थ्य चौकीहरूको संरचना पूर्ण रूपमा ध्वस्त भएको आफ्नै आँखाले देखेपछि पुनर्निर्माण कार्यको क्रममा स्थानीय समुदायसँग नजिकबाट काम गर्दै घर, विद्यालय र स्वास्थ्य चौकीहरूको पुनर्निर्माणमा सहयोग गर्न थाले । यही क्रममा, यो दुर्गम र सेवाविहीन क्षेत्रका जनतासँगको संवादबाट उनीहरूले यहाँ स्थायी र गुणस्तरीय स्वास्थ्य सेवा दिने अस्पतालको आवश्यकता अत्यावश्यक भएको महसुस गरे ।
त्यसपछि, अर्थ सि एयर स्वीजरल्याण्डका दिवंगत अध्यक्ष श्री ड्यानियल ब्रुनरले धार्चे गाउँपालिकासँग सम्पर्क स्थापना गरी अस्पताल निर्माणको योजना अघि बढाउनुभयो ।
गाउँपालिकाको सहकार्य र संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा खोर्लावेशीमा अस्पतालको भवन निर्माण कार्य सम्पन्न भयो ।  निर्माणपछि, दिवंगत अध्यक्ष ड्यानियल ब्रुनरले नै अस्पतालका लागि आवश्यक सम्पूर्ण चिकित्सा तथा शल्यक्रिया उपकरणहरू अस्पतालमा व्यवस्थापन गरिदिनुभयो ।
उहाँको निधन अस्पताल उद्घाटन हुनु तीन महिना अघि भयो । उहाँको सपना र समर्पणकै परिणामस्वरूप, एक वर्ष अघि उहाँका साथीहरुको सहयोगमा अस्पताल सञ्चालनमा आएको वर्ष दिन पुरा भएको छ ।
यस अवधिमा अस्पतालमा १९ जना कर्मचारीहरु रहेका छन् । दुई जना मेडिकल अधिकृत सहित आठ जना कर्मचारी  अर्थ सि एयर स्वीजरल्याण्डले उपलब्ध गराएको छ । एम्बुलेन्स चालक सहित ११ जना कर्मचारी धार्चे गाउँपालिकाले उपलब्ध गराएको छ ।
अस्पताल स्थापना भएको पहिलो वर्ष आपतकालिन सेवा लिने विरामीको सँख्य तीनसय पुगेको छ । ११४२ जनाले  एक्सरे, ९४१ जनले भिडियो एक्सरे, ३७६ जनाले इसिजी,१९८१ जना विरामीका लागि पाँच हजार भन्दा बढी प्रयोगशाला गतिविधि गरिएको छ । दाँतको सेवा लिने विरामीको सँख्या चारसय रहेको छ । नियमित खोप सेवाका साथै २५ जना भन्दा धेरै व्यक्तिहरुलाई गएको वर्ष एन्टिरेविज भ्याक्सिन लगाइएको थियो । अस्पतालको सेवा सुचारु भएपछि एक वर्षको अवधिमा ४७ जना विरामीलाई जिल्ला अस्पतालमा उपचारका लागि सिफारीस गरिएको थियो ।
अस्पतालले परिवार नियोजन, सुरक्षित गर्भपतन सेवा तथा तथा मातृ–शिशु स्वास्थ्य सेवा प्रभावकारी रूपमा प्रदान गर्न थालेको छ । यस अवधिमा १० जना व्यक्तिहरूले सेवा प्राप्त गरेका छन् ।
अस्पतालमा पुगेपछि विरामीहरुले सुविधा पाएपनि अस्पताल सम्म पुग्ने बाटोको अवस्था भने दुर्गम ,भौगोलिग विकटता  र यातायात पहुँचको अभाव कारण वृद्ध तथा गर्भव िमहिला,अपांग व्यक्तिहरुलाई  कठिन रहेको छ । विरामीका लागि प्रयाप्त बेडको अभाव रहेको छ ।
आगामि दिनहरुमा अस्पताल भवन र प्रयोगशाला सेवा सुदृढीकरण गर्ने, अस्पताललाई अपांग मैत्री बनाइने, स्वास्थ्य बिमा सुचारु गर्ने, अस्पतालको सुरक्षा र सुन्दरताको लागि अस्पताल वरिपरि घेराबार लगाउने, आँखा, नाक, कान तथा फिजियो थेरापी सेवा विस्तारका लागि आवश्यक सामाग्री तथा जनसक्ति लागि सहयोगी  सरकार र दातृ यंस्था संग समन्यन गर्ने, बृद्द ,अपाङगता भएका नागरिकहरु,, गर्भवति महिला स्वास्थ्य परिक्षण तथा उपचार परामर्श सेवाका लागि सामुदायिक स्वास्थ्य सेवा कार्यक्रम विस्तार गर्ने, स्वास्थ्य र सुरक्षासँग सहकार्यमा प्रकोप उद्धार समूह गठन गर्ने, सरकार र दातृ संस्थासँग समन्वय गरी उपकरण र तालिम प्राप्त गर्ने कर्मचारीहरुका लागि आवश्य तालिम दिने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शेर बहादुर गुरुङले जानकारी दिनुभयो ।
अस्पतालको वार्षिकोत्सवमा धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले अर्थ सि एयर स्वीजरल्याण्डले गोरखाको दुर्गम क्षेत्रका नागरिकहरुका लागि पुर्याएको सेवा जहिलेपनि अविश्मरणीय रहने बताउनुभयो । सँस्थाका कोषाध्यक्ष आर्नोले विकट क्षेत्रका नागरिहरुको स्वास्थ्य सेवा गर्न पाउँदा मानव जीवनमा पाइने खुशी प्राप्त भएको बताउनुभयो । ‘यहाँका नागरिकहरु साँच्चै स्वास्थ्य सेवाबाट समस्याग्रस्त थिए, हामीले त्यसलाई समाधान गर्न केही कोशिस गरेका छौँ, हामीलाई धार्चे गाउँपालिकाको पूर्ण साथ र सहयोग रहेको छ,’ आर्नोले भन्नुभयो ।
प्रथम बार्षिक उत्सवका अवसरमा  अर्थ सि एयर स्वीजरल्याण्डका कोषाध्यक्ष हेनरी आर्नोले उत्कृष्ट चार जना कर्मचारीहरुलाई सम्मान गर्नु भएको थियो ।
यस अस्पतालमा धार्चे गाउँपालिका भित्रका लापु, गुम्दा, केरौँजा, काशिगाउँ, लाप्राक, उहिया लगायत बारपाकसुलिकोट गाउँपालिकाको बारपाक, सौरपानी, आरुघाट गाउँपालिका भित्रका थुमी, मान्वु, चुमनुब्री गाउँपालिका भित्रका सिर्दीवास, ल्हो, विही, सामागाउँ, प्रोक, चुम्चेत, छेकम्पारका साथै लार्केपासका लागि आएका पर्यटकहरु समेत उपचारका लागि आउने गर्दछन् । प्रथम वार्षिक उत्सव शनिबार भएको थियो । एक वर्ष अघिदेखि स्वास्थ्य सेवा दिन थालेको धार्चे अस्पताल दुर्गम गाउँका नागकिहरुको बाँच्ने सहारा बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here