राजेन्द्र न्यौपाने
२३ कार्तिक, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका – ४ चोरकाटे नजिक घुम्तीमोडमा शनिबार राती गोरखामा माइक्रोबस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् ।
अजिरकोटको भच्चेकबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ६०४३ नम्बरको माइक्रोबस ब्रेक फेल भएर अनियन्त्रित भई भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार घाइतेमध्ये केहि अवस्था गम्भीर भएकाले चितवनको भरतपुर रिफर गरिएको छ भने केहि घाइतेको प्रदेश अस्पताल गोरखमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
माइक्रोबसमा सवार १९ जनामध्ये १७ जना घाइते भएका छन् । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली घटनस्थल पुगी घाइतेको उद्धार गरेको थियो । े अनुसन्धान भइरहेको र माइक्रोबस चालक चितनको खैरनी – १० कट्ठारका गोबिन्द भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घाइतेहरुमा चितवन जिल्ला खैरहनी नगरपालिका घर भएका वर्ष ८ का स्वरिनल चौधरी, बर्ष–४३ की जमुना कुमारी महत्तो, बर्ष–१० की सुमी चौधरी , बर्ष–४५ की सबिना चौधरी , बर्ष–६० की जियानी चौधरी , बर्ष ४३ की प्रमिला चौधरी, बर्ष–४८ की रेश्मा चौधरी , बर्ष–४३ की मिना चौधरी, बर्ष–७ को युविन चौधरी, बर्ष–४३ की लक्ष्मी चौधरी, बर्ष–५३ का सुदिर अधिकारी, बर्ष–४६ की मिरा अधिकारी, बर्ष–४० की बिना चौधरी, बर्ष–३७ की ज्ञानु चौधरी,े बर्ष–६४ की लक्ष्मी चौधरी , बर्ष–५४ की अप्सरा बडतौला रहेका छन् । घाइते मध्ये स्वरिनल चौधरी र लक्ष्मी चौधरीलाई थप उपचारका लागि भरतपुर पठाइएको छ । बाँकी सबैको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।






