भदाै २३ गाेरखा ।
जिल्लाकाे धार्चे गाउँपालिकामा ३ वटा खरायाे पालन गरेर वर्षकाे एक लाख आम्दानी गर्न सकिने भएकाे छ । धार्चेमा उत्पादन भएको अङ्खोरा र चिन्चिला जातको खरायो पालनबाट उक्त आम्दानी गर्न सकिने गाउँपालिका अध्यक्षा सन्त बहादुर गुरुङले बताए । खरायाे पाल्न थालेकाे छ महिना भित्र आम्दानी लिन सकिने उनले बताए ।

आज एक कार्यक्रमका वीच अङ्खोरा र चिन्चिला जातको खरायो ३२ जना व्यक्तिलाइ वितरण गरेकाे छ । एकजाेडी खरायाे दुइ हजारमा खरिद गरिएकाे पालिका अध्यक्ष गुरुङले बताए । दुइवटा पाेथी र एउटा भाले ९६ वटा खरायाे वितरणा भएकाे हाे । पालिकाबाट खरायाे पालनका लागि विनियाेजन भएकाे एक लाख ९२ हजार रुपैयाँबाट खरायाे खरिद गरेर लक्ष्यित वर्गलाइ वितरण गरिएकाे उनले बताए ।

खरायाेकाे मासु पाेसिलाे हुने र सानाे लगानीमा सबैले पाल्न सक्ने भएकाेले खर्चकाे तुलनामा आम्दानी धेरै हुने पालिका स्थित पशु शाखाले जनाएकाे छ ।






