भदाै ३० गाेरखा । नेपालमा २०७४ सालमा स्थानीय तहकाे निर्वाचन भयाे । देशभरीका ७५३ स्थानीय तहले जनप्रतिनिधि पाए । त्यसैगरी गाेरखाका ११ गाउँपालिका मध्येकाे एक शहिद लखन गाउँपालिका वडा नम्वर ७ मा साेही स्थानका स्थानीय युवा शरण श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भए ।

विकास बजेटबाट वडा अध्यक्षहरुले लामाे हात गरेर स्थानीय तहकाे बदनाम गराइरहेका समाचार दिनहुँ आइरहन्छन् । शहिद लखनकै कतिपय वडामा विषयगत कार्यालयहरु आफ्नै घरमा राख्ने र पालिकबाट आएका सेवा सुविधा आफ्नाे मेलाेमा काम गर्नेलाइ मात्रै दिने प्रचलन पनि पालिका भित्रका वडामा नचलेका हाेइनन ।

साेहि पालिका भित्रका एक युवा अध्यक्षले साथीभाइहरुकाे सहयाेगमा १४ लाख ८१ हजार ७४ रुपैयाँ सङ्कलन गरेर तीन सन्तान अपाङ्गता र दुइ असक्त सदस्य भएका परिवारलाइ अपाङ्गमैत्री घर बनाइदिएका छन् । वडा नम्बर ७ काेटगाउँका धन बहादुर श्रेष्ठ र पाेषकुमारी श्रेष्ठका ६ सन्तान मध्ये छाेरा राजिव छाेरीहरु शिला र लिलामा पूर्ण अपाङ्गता छ । २०७२ सालकाे भूकम्पले भत्किएकाे घर अपाङ्ग मैत्री बनाएर बस्न नसक्ने अवस्थामा वडा अध्यक्ष श्रेष्ठ उनीहरुकाे घर बनाउन सहयाेग गर्ने सहयाेगि बनेर आए । वडा अध्यक्षकाे आग्रहलाइ मानेर धन हुनेले धन नहुनेले श्रम दिएर उक्त परीवारका लागि घर तयार भयाे ।

आज गाउँपालिका अध्यक्ष रमेश थापा मगरले धन बहादुरलाइ घरकाे हस्तान्तरण गरे भने अगुवाइ गरेका श्रेष्ठले खर्च विवरण सातै गाउँभरीका मानिसहरुलाइ देखाएर सार्वजनिक गरे ।
यिनै वडा अध्यक्षले केही समय अघि दुर्घटनामा परेका वृद्धकाे निशुल्क उपचार गराएका थिए । वडा भित्रका समस्या आफ्नै समस्या मानेर काम गर्ने वडा अध्यक्ष भएकाले आफूहरुलाइ सजिलाे अनुभूति भएकाे गाउँलेहरु बताउँछन् ।
साेही गाउँपालिका भित्रका कतिपय जनप्रतिनिधीहरु प्रत्येक याेजनाबाट आफ्नाे भाग राखिदिनुपर्ने नत्र याेजना अन्यत्र पारीदिने भन्दै खुलेआम भ्रष्टाचारी पेशा अँगाल्दै आएकाे साेही स्थानका नागरिकहरु बताउँछन् । नेपाल सरकारकाे बजेटलाइ आफ्नै पितापुर्खाकाे सम्पती मान्ने प्रवृति पालिका भित्रका केही स्थानमा रहेका बेला वडा नम्बर ७ का वडा अध्यक्ष श्रेष्ठ अनाैठा देखिएका हुन् । उनी सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएका छन् ।
घर हस्तान्तरण कार्यक्रममा निर्माण समितिका अध्यक्ष जित बहादुर गुरुङकाे अध्यक्षता पालिका प्रमुख प्रमुख अतिथि ,उपप्रमुख, पालिकाका प्रशासकिय अधिकृत ,स्थानीय समाजसेवीहरु पालिका भित्रका जनप्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।






