असाेज २0 काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेलाइ नेपाल विद्यार्थी सँघले आक्रमण आज आक्रमण गरेकाे छ ।
बिहान करिब १० बजेर १५ मिनेट जादा चलाउने माथि विश्वविद्यालय परिसरमै आक्रमण भएको हो । चलाउनेको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको त्रिभुवन विश्वविद्यालयले जनाएकाे छ । चलाउनकाे मेडिसिटी हस्पिटलमा उपचार भइरहेको छ । “सरको अवस्था गम्भीर छ”, हस्पिटलमा रहेका अर्का उपप्राध्यापक केशव सिलवालले जानकारी दिए ।
चलाउनेलाई केहि दिन देखि नेविसंघका नेताहरुले ज्यान लिने धम्की दिदै आएको बताइएकाे छ । चलाउने विभागमा अत्यन्त मिलनसार, इमान्दार र कर्तव्यनिष्ठ उपप्राध्यापककाे रुपमा परिचित छन् ।
यस अघि साेमबार लुम्विनि प्रदेशमा काँग्रेस साँसदहरुले कुर्ची,माइक,टेवल ताेडफाेड गरेका थिए ।






