१२ जना काेराेना सङक्रमित निकाे भएर घर गएपछि गाेरखा क्याम्पस आइसाेलेसन खालि

बिहिबार, कार्तिक ६, २०७७
0
180
cfO;f]n];g jf8{ bdf}nL, # r}t M tgx'Fsf] z'Snfu08sL gu/kflnsf–% a]nrf}tf/fdf /x]sf] lhkL sf]O/fnf /fli6«o Zjf;k|Zjf; pkrf/ s]Gb|df lgdf{0f ul/Psf] cfO;f]n];g sIf . ljZje/ km}lnPsf] sf]/f]gf efO/;sf] zªsf:kb la/fdLsf] pkrf/sf nflu s]Gb|df @) zoofsf] cfO;f]n];g sIf :yfkgf ul/Psf] 5 . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

कात्तिक ६, गाेरखा । गोरखा अस्पतालको आइसोलेसन कक्षमा उपचाररत १२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । सङक्रमित भएका नागरिकहरु निकाे भएर घर गएसँगै गाेरखा क्याम्पस आइसाेलेन खालि भएकाे छ । अव सरकारकाे निर्णय अनुसार जटिल अवस्थामा रहेका विरामीहरुलाइ मात्र गाेरखा अस्पताल ल्याइनेछ ।

आज डिस्चार्च हुनेहरुमा  जिल्लाको गोरखा नगरपालिका र अजिरकोट गाउँपालिकाका भित्रका नागरिकहरु रहेका गोरखा अस्पतालका निमित्त मेडिकल सुपरीटण्डेन्ट डा. नबिन थापाले जानकारी दिए ।

संक्रमण मुक्त हुनेहरुमा गोरखा नगरपालिकाका वडा नम्बर ६ का बर्ष ४२, २५, २२, २९, ३३, ३७, ३७, ३२, ३७, २४, २५, बर्षका ११ जना पुरुष र अजिरकोट गाउँपालिकाका वडा नम्बर ५ का २६ बर्षका एक पुरुष संक्रमण मुक्त रहेका छन् ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो कोरोना परीक्षणका क्रममा उनिहरुको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालकाे भनाइ छ । निको भएर घर फर्किएकाहरुलाई थप केही समय होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।

गाेरखा अस्पतालले भर्ना गरी उपचार गरेका सबै काेराेना सङक्रमितहरु उपचार पछि घर फर्किएका छन् । गाेरखा क्याम्पस आइसाेलनमा बसेर १२० जनाले उपचार पाएका थिए । जिल्लामा २३१ जना उपचार पछि निकाे भएर घर फर्किएका छन् भने २१६ जना हाेम आइसाेलनमा बसेर उपचार गराइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here