काेराेना सङ्क्रमका कारण गाेरखा बारपाकसुलिकाेटकी १९ वर्षिय युवतिकाे मृत्यु

मङ्लबार, कार्तिक ११, २०७७
0
336
फाइल फाेटाे

 कात्तिक ११, गोरखा । गोरखाकी एक कोरोना संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका- १ कि १९ वर्षीया महिलाको मंगलबार दिउँसो पौने ४ बजे मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भई ६ गते अस्पताल भएकी ती महिलामा स्वासप्रश्वासमा समस्या देखिएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखी उपचारका सबै उपायहरु गर्दा गर्दै मृत्यु भएको अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ । अस्पतालका अनुसार उनी सुत्केरी भएको १९ दिन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here