काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल विश्व ३४ औं मुलुक भएको छ ।
वल्डोमिटरका अनुसार संक्रमित संख्यामा आधारमा नेपालले कतार, पानामा, कुबेत, संयुक्त अरब इमिरेट्स लगायत मुलुकलाई पछि पारेको छ ।
असोज अन्तिम साता नेपाल ३८ औं नम्बरमा रहेको थियो । १ साता अघिसम्म ४० औं स्थानमा रहेको नेपालमा संक्रमितको संख्या थपिदै गएपछि अहिले ३४ औं स्थानमा आएको हो ।
नेपालमा मंगलबारसम्म कुल १ लाख ६० हजार ४०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालमा जाडोयामको आगमन र दशैँको अन्त्यसँगै स्थिति भयावह हुन सक्ने विज्ञहरुको चेतावनी दिएका छन् । आउदो केही दिनमा दैनिक ८/१० हजारसम्म सङ्क्रमित बढन सक्ने विज्ञहरुको अनुमान छ ।





