मेरो आमाबुबा को ढाड र छातीमा
पराईका बुटका लात म सहन सक्दिनँ
मेरा लिपुलेक र कालापानीमा
पराईको दावि म सहन सक्दिनँ
म त देशभक्त स्वाभिमानी नेपाली हुँ
कसैको अन्याय र अत्याचार म सहन सक्दिनँ ।।
कालापानी र लिपुलेकबारे भारत ले
अत्याचार गरे म सहन सक्दिनँ
सिमाना पिलर कहाँ विलिन हुदैछन्
त्यो पनि म सहन सक्दिनँ
म त वीर नेपाली हुँ
मानब क्रान्तिको राँको दन्काउदै छु
पराई सामु घुडा टेक्न जान्दैन
पराई दमन म सहन सक्दिनँ ।।
मेरो कालापानी र लिपुलेकलाई
पराईले दावि गरेको म सहन सक्दिनँ
कालापानी मा पालेका बोट बिरुवामा
पराईले मेजमान गरेको म सहन सक्दिनँ
मेरो कालापानी मा हरेक कृयाकलापहरुमा
पराईको हस्तक्षेप म सहन सक्दिनँ
म त वीर नेपाली हुँ आत्म समर्पण गर्न जान्दिन ।।
विदेशी सँगको असमान सन्धि कुनै मान्दिन
पराई सामु घुडा टेक्न जान्दैन
पराईको दमन र अत्याचार म सहन सक्दिनँ ।।
दिपक धमाला
तुर्माखाँद गा.पा.८ धमालि






