अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) गोरखाको इन्चार्जमा आरके भट्ट

शनिबार, बैशाख ११, २०७८
0
292

गोरखा ११, बैशाख । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) गोरखाको इन्चार्जमा आरके भट्टलाई जिम्मेवारी दिइएको छ । नेकपा माओबादी केन्द्र निकट बिधार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको बैठकले भट्टलाई गोरखा जिल्लाको इन्चार्ज तोकेको हो । लामो समयदेखि बिधार्थी संगठनमा रहेर कार्य गर्दै आएका बिधार्थी नेता भट्ट संगठनको केन्द्रीय सदस्य  हुन् ।

मनासलु डटकम संग कुराकानी गर्दै गोरखा नगरपालिका स्थायी घर भएका बिधार्थी नेता भट्टले जिल्ला भित्र संगठनको बिकास र बिस्तारका लागि आफूले प्राप्त गरेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘संगठनको गौरवमय इतिहासको गरिमालाई थप उचो बनाउन मेरो भूमिकामा कुनै कसर बाँकी राख्ने छैन्’ इन्चार्ज भट्टले भने, विद्यार्थीहरुको हकहितका लागि सधै अग्रमेर्चामा रहदै आएको हाम्रो संगठनलाई थप मजबुत बनाउन लाग्नेछु ।’ अनेरास्वबियु क्रान्तिकारीले गोरखा जिल्ला सहित ७७ वटै जिल्ला, सात वटै प्रदेश समेतको बिहिबार जिम्मेवारी ठोस गरेको छ ।

सेवा मूलक सँस्थाकाे रुपमा रहेकाे शिक्षालाइ मानिसहरुले व्यापार गर्ने सजिलाे क्षेत्रका रुपमा लिन थालेसँगै शिक्षामा गुणस्तर भन्दा पनि व्यापारमा प्रतिस्पर्धा भैरहेका समय विद्यार्थि सँगठनहरु थप सँगठित हुँदै गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here