गाेरखामा काेराेना सङक्रमितकाे सङ्ख्या ४५४ पुग्याे, घर बाहिर ननिस्कन डाक्टरहरुकाे सुझाव

बुधबार, बैशाख २९, २०७८
0
435

गोरखा २९, बैशाख । गोरखा जिल्ला भित्र मंगलबारसम्म कोरोना संक्रमितको सख्या ४५४ पुगेको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार दोस्रो चरणमा कोरोना लहर सुरु भएयता संक्रमणका कारण जिल्लाका ८ जनाले ज्यान गुमाउनु परेको छ ।

संक्रमण पुष्टी भएका मध्ये जिल्लाको भीमसेन थापा गाउँपालिकामा सवैभन्दा धेरै १४७ जना कोरोना संक्रमित भएका छन् भने त्यहाँका १ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

काेराेनाकाे सङक्रमण अझ बढ्ने भएकाले घरबाहिर ननिस्कन डाक्टर रविन्द्र पाण्डेले जानकारी दिएका छन् । खाद्य सामग्री लिन भन्दै पटक पटक बाहिर ननिस्कन उनले सुझाएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here