गाेरखा । गाेरखा नगरपालिका वडा नम्बर १२ काे छाप गाउँमा ३७ जना काेराेना सङक्रमित देखिएपछि आज बसेकाे तारानगर स्वास्थ्य चाैकीकाे वैठकले वडालाइ तत्काल सिल गर्न नगरपालिकालाइ सिफारिस गर्ने निर्णय गरेकाे छ ।
जिल्ला भरी निषेधाज्ञा भएपनि यस क्षेत्रमा विकास निर्माणका काम भन्दै निस्फिक्रि सवारी साधनहरु सञ्चालन हुँदै आइरहेका छन् । यहाँका बजारहरु घाम रहँदा सम्म खुल्ने र रात परेपछि बन्द हुँदै आएका छन् । बन्दलाइ कडा गर्न प्रहरीलाइ अनुराेध गर्ने, अक्सिमिटरका लागि सम्बन्धित निकायमा माग गर्ने, सङक्रमितहरुलाइ आवश्यक स्वास्थ्य सामग्री दिने र वडा सिल गर्न नगरपालिकालाइ अनुराेध गर्ने निर्णय भएकाे समितिका एक सदस्यले बताए ।
आफूहरुमा काेराेनासँग मिल्दाेजुल्दाे कुनै पनि लक्षण नदेखिएकाले सङक्रमित भन्न नमिल्ने एक सङक्रमितले बताए । दिन भरी खेतमा काम गरेर आएकाे छु, खाना खाएकै छु, भाेलि छिमेकिकाे मेला जानुछ काेराेना सङक्रमित भनेर घर सुत्न कहाँ पाइन्छ उनले प्रति प्रश्न गरिन ।






