प्रतिगमनका विरुद्ध रसुवाली विद्यार्थी नेताकाे विराेध

सोमवार, जेष्ठ १०, २०७८
0
227
विद्यार्थि नेता विष्णु प्रसाद लामिछाने आन्दाेलनका क्रममा ।

रसुवा । प्रधानमन्त्री र राष्ट्रपतिका प्रतिगमनका विरुद्ध रसुवाका विद्यार्थि बिष्णु प्रसाद लामिछानेले एक विज्ञप्ती प्रकाशन गरि विराेध गरेका छन् ।

उनकाे विज्ञप्ती यस्ताे छ ।

मिति २०७८ जेठ ७ गते मध्यराति राष्ट्रपति बिद्यादेवी भन्डारी र प्रधानमन्त्री के पि ओली द्वारा षड्यन्त्रपुर्बक गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश , तनाशाहि, स्वेच्छाचारि र प्रतिगमनकारी कदमको हाम्रो संगठन अखिल क्रान्तिकारी जिल्ला कमिटी रसुवा घोर निन्दा र भत्सर्ना गर्दछ। हाम्रो देश नेपाल हाल कोभिड-१९ महामारी को भयावह स्थितीबाट गुजि्रएको र त्यसको प्रत्यक्ष प्रभाव आम नेपाली जनताले भोगिरहदा दैनिक सयौंको संख्यामा ज्यान गुमिरहेकोे परिवेश हामी समक्ष प्रष्ट छ । कोभिड-१९ को संक्रमण फैलन नदिन र सन्क्रमितहरु लाई उचित उपचार तथा ब्यस्थापन गर्नु भन्दा पनि कुर्सि र शक्तिको खेलमा अग्रसर के पी ओली सरकार र के पी प्रवृत्तिलाई सधैका लागि अन्त्य गर्न जरुरी छ। नेपाली जनताको लामो संघर्स र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न रास्ट्रपति र प्रधानमन्त्री बाट गरिएको प्रतिगमनकारी कदमको विरुद्धमा उभिन र राष्ट्रिय स्वाधीनता , संबिधान, सर्बोच्चता र लोकतन्त्रको पक्षधर सबै आम जनसमुदायहरु र बिद्यार्थी ,युवाहरुलाई हार्दिक अनुरोध गर्दछु।

बिष्णु प्रसाद लामिछाने
प्रचारप्रसार बिभाग प्रमुख ,रसुवा जिल्ला प्रदेश “क” इन्चार्ज

प्रधानमन्त्री र राष्ट्रपतिका कदम बारे देशै भरी विराेधहरु भैरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here