राष्ट्रहित विपरितका गतिविधि नगर्न सरकारलाई विप्लबकाे चेतावनी

सोमवार, जेष्ठ १०, २०७८
0
150
काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रहित विपरितका गतिविधि नगर्न सरकारलाई चेतावनी दिएकाे छ । सत्ता संकट टार्न, कुर्सी जाेगाउन तथा कसैलाई खुसी पार्न सरकारले नेपाल नागरिकता ऐन (पहिलाे संशाेधन) अध्यादेश, २०७८ जारी गरेकाे भन्दै महासचिव विप्लबले उक्त अध्यादेश खारेज गर्न माग गरेका छन् । सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्न भए पनि नागरिकता जस्ताे संवदेनशील विषयमा सर्वपक्षीय छलफलसमेत नगरी एकलाैटी ढंगबाट अध्यादेश जारी गरेकाे भन्दै विप्लबले आपत्ति जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here