पिसिआर रिपाेर्ट आउन ढिला भयाे, एन्जिजेन किटबाट काेराेना परीक्षण गर्न साँसद अधिकारीकाे जाेड

सोमवार, जेष्ठ १०, २०७८
0
217
फाइल फाेटाे

गाेरखा । गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का साँसद हरिराज अधिकारीले पिसिआर रिपाेर्ट नआउँदै नागरिकहरुकाे ज्यान गएकाे प्रति दुख व्यक्त गर्दै अस्पतालमा आएका विरामीहरुकाे तत्काल एन्टिजेन टेष्ट गरी काेराेना भए नभएकाे एकिन गर्न निर्देशन दिएका छन् ।

निमित्त मेडिकल सुपरिटेन्डेन्छ शान्ती भुर्तेलले भनीन माननीय ज्यूले स्वास्थ्य सामग्री पनि पठाउनु भएकाे छ । हामीले काेराेनाका लक्षणसँग मिल्ने लक्षण देखिएका नागरिकहरुकाे अस्पतालमा एन्टिजेन टेष्ट गर्दै आएका छाैँ । उहाँहरुकाे सहयाेगबाट नै अस्पतालमा सुधारका कामहरु गर्न सकिएकाे उनले बताइन ।

आज मात्रै ५०० थान एन्टिजेन किट प्राप्त भएकाे छ । यस अघि आएकाे पनि स्टक छ लक्षण देखिएका विरामीहरुकाे परीक्षण गर्छाैँ उनले भनिन । माननीय हरीराज अधिकारीबाट ५ थान खाली सिलिण्डर, ग्लाेव, भिटामिन, पल्स अक्सिमिटर प्राप्त भएकाे उनले बताइन ।

प्रमुख जिल्ला अधिकारी ज्यूले माननीयले पठाउनु भएकाे सामग्री दिनु भएकाे उनकाे भनाइ छ । साँसद अधिकारीले यस अघि अस्पतालमा आइसाेलेन निर्माणका लागि २५ लाख भन्दा धेरै रकम छुट्याएका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here