युवा व्यावसायी बञ्जराद्वारा पत्रकारलाइ स्वास्थ्य सामग्री प्रदान

बुधबार, जेष्ठ १९, २०७८
0
396

पाेखरा । गाेरखा घर भइ हङकङमा रहेर व्यवसाय गर्दै आएका युवा व्यावसायी आकाश बञ्जराले पत्रकारहरुका लागि मास्क,स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

उनले उनले प्रेस सङगठन कास्कीका लागि ५ हजार थान मास्क र साेही १०० वटा स्यानीटाइजर प्रदान गरेका हुन् । बञ्जराबाट प्राप्त सामग्री सङ्गठनका केन्द्रीय सदस्य राजेन्द्र न्याैपानेले कास्की अध्यक्ष सन्देश श्रेष्ठलाइ हस्तान्तरण गरेका छन् ।

बञ्जराबाट प्राप्त स्वास्थ्य सामग्री आँवुखेरेनी प्रहरी चाैकीमा ड्युटिमा खटिएका प्रहरीलाइ समेत प्रदान गरिएकाे न्याैपानेले बताए । सामाजिक कार्यमा ख्याती प्राप्त बञ्जरा ग्लाेवल गाेरखा समाजका काेषाध्यक्ष रहेका छन् । प्राप्त स्वास्थ्य सामग्री आवश्यकताका आधारमा पत्रकारहरुलाइ प्रदान गर्ने श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here