श्रेष्ठकाे नेतृत्वमा हेलम्बु र मेलम्चीमा दुइलाख १० हजार थान मास्क सहित स्वास्थ्य सामग्री वितरण

बिहिबार, असार १०, २०७८
0
251

काठमाण्डाै । गाेरखाली युवा उत्तरकुमार श्रेष्ठले बाढि पहिराे ग्रस्त क्षेत्र हेलम्बु र मेलम्चीमा पुगेर त्यस क्षेत्रका नागरिकहरुका लागि दुइलाख १० हजार थान मास्क सहित दुइ हजार २०० थान सेनिटरी प्याड,एक हजार पाँचसय थान जीवनजल लगायतका सामग्री प्रदान गरेका छन् ।

उत्तर कुमार श्रेष्ठको पहलमा सिन्धुपाल्चोक जिल्लामा बढी वपहिरोका कारण घरबाहर विहिन र संकटमा भएका सर्वसाधारण सर्वहारा नागरिकलाई स्वास्थ्य सामाग्री बितरण भएकाे हाे ।

सामग्रि वितरण कार्यक्रममा लोक गायिका पार्बती बानिया , सोनि भट्टराईको समेत उपस्थिति थिए । युवा पर्यटन ब्यबसायी नबराज अम्गाई, बुद्धिजीवी प्रकाश कोइराला र समाजसेबी संकल्प श्रेष्ठको साझेदारीमा आबस्यक सामाग्री जुटाएको श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here