पालुङटारमा खन्तिले आक्रमण गर्दा आमा छाेरी घाइते

आइतवार, असार १३, २०७८
0
280

असार १३, गाेरखा । गोरखाको पालुङटारमा धाराको  पिउने पानीको बिषयमा विवाद हुदा खन्ती प्रहार भएका छन । घाइते हुने आमा छोरी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

पालुङटार नगरपालिका १ आहाले भन्ने स्थानमा आइतबार बिहान ४ः३० बजेको समयमा धाराको खानेपानीको बिषयमा विवाद हुदा ५४ बर्षिय ईश्वर कुमालले सोही स्थानमा बस्ने४३ बर्षिया सितामाया कुमाल र २० बर्षिया छोरी सुस्मिता कुमाललाई खन्ती प्रहार गरेर घाईते भएका हुन् ।

घाईते आमा छोरी दुवैको अवस्था गम्भिर भएकोले गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव निरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले बताए ।

दुवै जनाको सघन उपचार कक्षमा उपचार भई रहेको र अहिले दुवै जना खतरामुक्त रहेको पनि जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । खन्ती प्रहार गर्ने ईश्वर कुमाल गोरखा प्रहरी नियन्त्रण छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here