असार १४, गाेरखा । गाेरखा नगरपालिकामा भाेलिदेखि वडा तहमा पुगेर पिसिआर र एन्टिजेन परीक्षण गर्ने भएको छ । टाउको दुख्ने, घाँटी दुग्ने, ज्वरो आउने समस्या भएका ब्यक्तिलाई कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएमा जाँच गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।
जनस्वास्थ्य अधिकृत इश्वर रेग्मीका अनुसार असार १५ गते रानीपोखरी परिसरमा पिसिआर जाँच गर्ने कार्यक्रम रहेकाे छ ।
गोरखा नगरपालिका १३ र १४ मा १६ गते एन्टिजेन, वडा नम्बर १० र १२ मा १७ गते, गोरखा नगरपालिका २ र ६ मा १८ गते ऐन्टिजेन परीक्षण गरिने जनस्वास्थ्य अधिकृत रेग्मीले जानकारी दिए ।






