गजल

बुधबार, भदौ ३१, २०७७
0
246

ऊ खेल्नु सम्म खेली मेरो मुटु गुडिया बनाएर
जान मान्दिन मुटुमै बस्छे, मुटु तकिया बनाएर

आफ्नो शरीर पुछ्नु उसले स्पर्श गर्नु जस्तै हो
आसपास राखेको छु उसलाई तौलिया बनाएर

पत्र टुटाउँथ्याे पानीले पीडा आँसुलाई बाेध भयो
म पखालीएकाे छैन बसेकाेछु दुनियाँ बनाएर

कदापि बादल हुँदैन धुवाँको मुस्लो उस्तै देख्दैमा
माया अमर हुन्छ राखिन्न उनलाई बियाँ बनाएर

कसैको नजरमा असल हुनुस् राम्रो हुनु छ भने
नबस्नु फूलको थुँगा काे मुटु छिया छिया बनाएर

लोचन ‘फूलको थुँगा’                                    लम्किचुहा – १० कैलाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here