काठमाडौं । नेकपाको आज बस्ने सचिवालय बैठकमा केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि छलफल हुने भएकाे छ । आज दिउँसो साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सँघीय साँसदहरुकाे बैठक भत्ताका बारेमा पनि छलफल हुने बताइएकाे छ ।
यस अघि सोमबार बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । त्यसअघि आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । सो बैठकमा मन्त्रिपरिषद सदस्यहरु हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको थियो । आजकाे बैठकमा मन्त्रिपरिषद बारे छलफलकाे सूची नरहेकाे नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
यसैगरी संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजना बैठकको एजेण्डा छ ।






