गाेरखा । गण्डकी गाउँपालिका गाेरखाले पाँच दिनका लागि पालिका भित्र गाँजा, भाङ ,धतुराे, मदिरा सेवन नगर्न गाउँवासीहरुलाइ आग्रह गरिएकाे छ । पालिका अध्यक्ष हाेम बहादुर रानाद्वारा जारी विज्ञप्तीमा असाेज १० गते गाउँ परिषद रहेकाे हुनाले ६ गते प्रकाशित विज्ञप्तिमा साेही मितिबाट लागु हुने गरी चार वस्तुकाे सेवन नगर्न भनिएकाे छ ।
पालिकाबाट यस्ता प्रकृतिका विज्ञप्तीहरु विरलै प्रकाशित हुने गर्दछन् ।
पालिकाबाट यस्ता प्रकृतिका विज्ञप्तीहरु विरलै प्रकाशित हुने गर्दछन् ।
यता पालिका भित्रका बासिन्दाहरुले ३ वर्षमा सिकेकाे अभ्यास यही हाे भन्दै जनताहरुकाे अपमान भएकाे बताएका छन् । सूचनाका आशय यस क्षेत्रका मानिसहरु अधिकाँश समय गाँजा, भाङ ,धतुराे, मदिरा सेवन गरेर बस्ने गरेकाे र परिषदका समयमा भने नखाइदिन आग्रह गरिएकाे अर्थ लाग्ने त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापक बताउँछन् ।






