गोरखा । गोरखा जिल्लामा बुधबार थप ५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको गोरखा नगरपालिका–८ मा भारतबाट आएका एक पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको छ । भारतीय सेनामा कार्यरत उनि बिदामा घर आएका थिए ।
त्यस्तै जिल्लाको पालुङटार नगरपालिका घर चुमनुव्री गाउँपािलकामा कार्य शिक्षण पेशामा संलग्न एक पुरुष र एक जनावडा सचिवमा पनि कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानले जानकारी दिए ।
अर्का संक्रमित पनि चुमनुब्री गाउँपालिकामा शिक्षक नै भएको पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाको भनाई छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको जिल्लाको सिरानचोक गाउँपालिकाकी एक महिलामा पनि बुधबार नै कोरोना संक्रमणको पुष्टी भएको छ ।






