लघु कथा : मध्यपान

बिहिबार, असाेज ८, २०७७
0
262

ए! बिमलका बाउ उठ्नु है!म गएँ आज पल्ला गाउँका डिट्ठा बाकाे खेतमा राेपाई छ! खाना बनाएर राखेकी छु केटाकेटी स्कूल पठाउँनु नभए दिनभरि खेलेर बस्लान् समयमै खाना ख्वाउँनु म हिडें अबेला भाे!!
बिहानै बिमलेकी आमा फत्फताउँदै मेलापात हिड्छिन् यता बिमलेका बाउ ईन्तु न चिन्तु दैनिक रक्सि धाेकेर अक्सर सुत्ने बानी परेका र सधैंजसाे खुट्टा लर्बराएर घर फर्कन्थे जब कि केटाकेटी खाईवरि सुतिसकेका हुन्थे न त बाबुकाे काख पाउँथे
न त माया lती साना बाल सुलभ मन पनि त खाेज्दा हुन् बाबुकाे लाडप्यार !बाकाे काेखिलामा बसेर गृहकार्य गर्न पाए ।

मायालु न्यानाे अभिभावकित्व पाउँनु कुन चराकाे नाम थियाे न वास्ता गर्थे आफु अशिक्षित भएर दुःख खाए पनि छाेराहरुकाे उज्ज्वल भविष्य बनाउँनु बाबाकाे कर्तब्य थियाे तर कहिल्यै साेचेनन्
आफ्नै तनाव मात्र देखाइ झर्कनु ,उनकाे बानी थियाे केटाकेटीहरु बाउकाे नजिक पर्नै डराउथे अामा नभए ती बालकहरुकाे कस्ताे दुर्दशा हुन्थ्याे हाेला ।एबं प्रकारले दैनिकी चलिरहेकाे थियाे ।

बिमल जेठाे अलि चंख र बाउकाे बानी ब्यहोरा बुझेकाे थियाे उ सधैंजसाे बाउलाई समय भए पछि उठाउँथ्याे सानाे जर्किनमा पँधेरो बाट पानी समेत ल्याएर बालाई मुख धुन लगाउँथ्याे ।
बिमल समय भए पछि उठ्छ पानी लिएर आउँछ सानेलाई उठाएर मुख धाेईदिन्छ अनि बाउ लाई बा उठ्नुस् अबेला भईसक्याे दुई तीन पटक कराउँदानि नउठे पछि बिमल बाउलाई हल्लाएर उठाउँछ अहँ चलमलै गर्दैनन् बाउ आज ,अनि ऊ चिच्याएर बा उठ! बा उठ!
भन्दै रुन थाल्याे अनि साने पनि बा भन्दै रुन थाले पछि साने तँ नराे है! म मुखिया बा बाेलाएर ल्याउँछु अनि उठ्छन् भन्दै भक्कानिदै दाैडदै मुखिया बा लाई भएकाे यतार्थ भनेर दाैडदै आमा मेलाे गएकाे ठाउँमा बाेलाउँन जान्छ ,टाढै बाट दाैडदै जेठा बिमल आएकाे देख्ना साथ आमाकाे साताेपुत्लाे उडिसकेकाे थियाे सासै नफेरी
बिमलले रुँदै बृतान्त सुनायाे हातको धानकाे बेर्नाकाे मुठो फ्यात्त फालेर हामफाल्दै रुँदै घर आईपुग्छन् ।

यता सारा गाउँले जम्मा भईसकेका थिए सबै स्तब्ध थिए चुक्चुक् गर्दै बेसरी रक्सि नधाेकेकाे भए आज मर्ने थिएन लाै बर्बाद हुनि भाे भन्दै थिए काेही शुक्क शुक्क गर्दै थिए भने काेही बाँस चिर्दै थिए ।
भक्कानिदै रुँदै आमा छाेरा घर आईपुगे त्यहाँकाे भयाभह दृश्यहरु हेर्न नसकि अकस्मात आमा पुर्छा परिन् दुबै केटाकेटी कहालिदै आमा उठ्नुस् आमा ! भन्दै दुबै आमाकाे शरीरमा अंगालाे हाल्दै चिच्च्याएर राेएकाे हृदय विदारक क्रन्दनले उपस्थित सारा गाउँलेकाे मुटु भक्कानियाे
काेलाहलकाे बाताबरणले सबैकाे आँखा
भिज्न बाध्य भयाे।

शर्मिला श्रेष्ठ
ललितपुर
हाल यु यस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here