ट्याक्टर दुर्घटनाका घाइतेलाइ चितवन मेडिकल कलेज लगियाे

बिहिबार, कार्तिक ६, २०७७
0
238

कार्तिक ६, गाेरखा ।  भीमसेन थापा गाउँपालिका झिगंटे भन्ने स्थानमा बुधबार राती भएको ट्याक्टर दुर्घटनामा परि घाइते भएका ४ जनालाइ थप उपचारका लागि चितवन स्थित पुरानाे मेडिकल कलेज लगिएकाे छ ।

बुधबार राती भीमसेन थापा गाउँपालिकाको घ्याम्पेशाल बजारबाट बोर्लाङ तर्फ जादै गरेको ना. ३ त ६५२१ को ट्याक्टर झिगंटे भन्ने स्थान नजिकै सिमलगैरीमा दुर्घटना भएको थियाे ।

राती ८ः३० बजे भएको उक्त घटनामा परी २० बर्षका चालक सागर रोका, २२ बर्षका रमेश परियार, १६ बर्षका बिनोद परियार र १५ बर्षका सुरज परियार घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घाईते सबै भीमसेन थापा गाउँपालिका ७ बोर्लाङका बासिन्दा हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here