मन्त्री बस्नेतका बारेमा आएकाे समाचार भ्रामक : सचिवालय

बिहिबार, कार्तिक ६, २०७७
0
169

कात्तिक ६, गोरखा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेतका सन्दर्भमा बुधवार जनआस्थामा प्रकाशित समाचार भ्रामक रहेको उनकाे सचिवालयले जनाएको छ ।

बुधवार साँझ विज्ञप्ति जारी गर्दै सचिवालयले त्यस्ता समाचारको भ्रममा नपर्न पनि जनसमक्ष आग्रह गरेको छ । बुधवार जनआस्था दैनिक र अनलाइनमा गण्डकी मन्त्रीका गडवडी शिर्षकमा समाचार प्रकाशित भएको थियो ।

जसमा मन्त्री वस्नेतले गरेका कामहरुकाे बारेमा विभिन्न आरोप लगाइएका छन् । कुनै आधार र प्रमाणविना कपोलकल्पित र झुटा आरोप लगाउने र जनतामा भ्रम सिर्जना गर्ने दुषित नियतका साथ उक्त समाचार प्रकाशित भएकाे भन्दै   मन्त्री वस्नेतको नीजि सचिवालयले  विज्ञप्ति जारी गरेको  छ ।

विज्ञप्तिमा मन्त्री वस्नेतको चरित्र हत्या हुने गरि प्रकाशित उक्त समाचारको कानूनी उपचार खोजिने पनि उल्लेख छ । विज्ञप्तिमा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सम्पादन भएका र गरिने कामहरु पारदर्शी र नियम वमोजिम नै भएको उल्लेख गरिएको छ । सत्यतथ्य र यथार्थमा आधारित समाचार जनसमक्ष पुर्याउन पनि सचिवालयले सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

जनआस्थामा आएकाे समाचार हेर्न तलकाे लिङ्क क्लिक गर्नुहाेस ।

गण्डकी मन्त्रीका गड्बडी

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here