मङ्सिर २६, जलविरे (इच्छाकामना) । चितवनको इच्छाकामना गाउँपालिका ६ जलबिरेमा बोलेरो जिप दुर्घटना भएको छ। जलबिरे-चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । राजमार्ग झर्नै लाग्दै विजुलीकाे पाेलमा ठाेक्कीर पाेलबाट करेन्ट प्रवाह हुँदा दुइ जनाकाे मृत्यु भएकाे हाे । दुर्घटना परि २ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परेर एक दर्जन घाइते भएको छ।
घाइतेको उद्वार गरि थप उपचारको लागि भरतपुर पठाइएको छ। दुर्घटनामा परि मृत्यु हुने २ जना र घाईते हुने १२ जनाको विस्तृत विवरण निम्नानुसार रहेको छ।

मृत्यु हुने
१. बलेरो चालक चितवन इच्छाकामना गाउँपालिका ६ का बर्ष ३० को निर्मल गुरुङ
२. चितवन इच्छाकामना गाउँपालिका ६ की बर्ष ५० की खिमा कुमारी गुरुङ
चितवन मेडिकल कलेज (नयाँ) भरतपुरमा उपचार भैरहेका घाईतेहरुः
१. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ५० की चन्द्र माया चेपाङ गम्भीर
२. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ४६ की सिता गुरुङ गम्भीर
३. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ५२ की तुलिमाया गुरुङ गम्भीर
४. चितवन ईच्छाकामना ६ बस्ने बर्र्ष २२ कि कबिता चेपाङ मध्यम
५. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ५१ को तिलक बहादुर गुरुङ मध्यम
६. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ३७ को बालकृण्ण भट्राराई सामान्य
७. चितवन ईच्छाकामना ६ बस्ने बर्ष २० की सुकमती चेपाङ सामान्य
भरतपुर (पुरानो) मेडिकल कलेज भरतपुरमा उपचार भैरहेका घाइतेहरुः
१. चितवन ईच्छाकामना ६ बस्ने बर्ष २३ कि दिया क्षेत्री मध्यम
२. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ४० की सन्तमाया भुजेल सामान्य
३. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ३५ कि ज्योती घर्र्ती सामान्य
४. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ३८ की मिनमाया गुरुङ सामान्य
५. चितवन ईच्छाकामना ६ बस्ने बर्ष ३५ कि पुतली माया गुरुङ सामान्य
जलविरे–ढुङ्ग्रे ग्रामिण कृषि सडक अन्तर्गत सडकमा बलेरो आफै अनियन्त्रित भई सडकको साइडमा रहेको फलामको बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको थियो।

जीप ग्रामीण क्षेत्रबाट राजमार्ग तर्फ आउँदै थियाे ।





