गाेरखाका प्रधानाध्यापक कारागार चलान

शुक्रबार, मंसिर २६, २०७७
0
655

मङ्सिर २६, गाेरखा ।  किर्ते कागजात तयार गरी विद्यालय खाताकाे  रकम दुरुपयोग गर्ने  गाेरखाका एक जना प्रधानाध्यपाक आज कारागार चलान भएका छन् ।

सिरानचोक गाउँपालिका  वडा नम्बर १ स्थित नेपाने मा‍ध्यमिक विद्यालयका तत्कालिन प्रधानाध्यापक शिबकुमार शाहलाई बिहीबार पुर्पक्षको लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

धुनुषा जिल्ला बिदेह नगरपालिका वडा नं. ६ गिद्धा स्थायी घर भएका ४७ वर्षीय शाहले उक्त विद्यालयको खातामा रहेको सरकारी रकम हिनामिना गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समितिको रजिष्टरमा निर्णय थपघट गरेको आरोप छ ।

सरोकारवालाहरुको दस्तखत समेत किर्ते गरी रकम दुरुपयोग गरेको भन्दै सरकारी कागज किर्ते गरेको विषयमा अख्तियार दुरुपयोग आयोगले समेत छानबिन गरेको थियो । अख्यितारले उनलाई दोषी ठहर गरेपछि २०७६ चैत १ गते मुद्धा दर्ता गरिएको थियो ।

२०७७ मंसिर ११ गते आरोपी शाह पक्राउ परेका थिए । आवश्यक अनुसन्धान पश्चात प्रहरीले बिहीबार गोरखा जिल्ला अदालत गोरखामा पेश गरेको थियो । बिहीबार नै उनलाई पुर्पक्षको लागि कारागारको सजाय सुनाएको गोरखा जिल्ला अदालतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here