(१)
मान्छे किन मरिहत्य गर्छन्,
माया भनी अकालमा मर्छन्।
(२)
सोच एक पटक आफैले,
कहाँ के गरिरहेछु मैले।
(३)
हेर्छौ किन तिमी अरुलाई,
भोलि फेरि जानेछौ लत्याई।
(४)
छिने मैले उनीसँग कुरा,
ती सपना नभएसी पूरा।
(५)
कति सम्म निष्ठुरी त्यो मन,
लाग्छ अन्धाकार रन वन।
नानिमाया सुनुवार
ताप्ली गाउँ पालिका ४,उदयपुर
हाल काठमाडौं






