बारपाक सुलिकाेटमा ७५ हजार पुरस्कार सहितकाे शहिद इन्द्रा थापा स्मृतिमा भलिवल प्रतियाेगिता हुने

मङ्लबार, फाल्गुन १८, २०७७
0
345

बारपाक सुलिकाेट १८, फागुन ।  गोरखा जिल्ला बारपाक सुलिकोट गाउॅपालिका वडा नं ६ ताकुकोट भालेढुङ्गामा फाल्गुन १९ गते देखि राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

श्री लालीगुरॅास युवा जागरण क्लवले आयोजना गर्न लागेको ‘शहिद इन्द्रा थापा स्मृती कप २०७७ ‘ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५०,०७७ को साथमा कप, गोल्डेन मेडल तथा प्रमाणपत्र र द्वितीय पुरस्कार नगद रु २५,०७७ को साथमा कप, सिल्भर मेडल तथा प्रमाणपत्र रहेको छ । प्रतियोगिता FIVB को नियम अनुसार खेलाईने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा बेस्टप्लेयर , फियर टिम, बेस्टकोच, बेस्ट डिफेन्डर, बेस्ट स्काईप, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेष्ट सर्भरलाई समेत नगद पुरस्कार , कप , प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक सरोज थापाले जानकारी दिए  ।

उक्त प्रतियोगिताको समापन समारोहको अवसरमा बारपाक सुलिकोटका प्रा बि,नि मा. वि. र मा. वि. स्तरिय बेलुन फुटाई , लेखन दौड, नक्सा दौड, मेमोरी गेम, ज्याब्लिङथ्रो, सटपुट खेलहरु पनि खेलाईने आयाेजकले जनाएकाे छ।

फागुन १९ देखि २२ गते सम्म चल्ने प्रतियोगितामा  विविध साँस्कृतिक कार्यक्रम सहितका  ,मनोरन्जनात्मक प्रस्तुति साथै रोमान्चक परम्परागत खेलहरु समेत हुने भएकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here