वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत ८ लाख घुस रकम छोडेर भागे

बुधबार, फाल्गुन १९, २०७७
0
151

काठमाण्डौं १९, फागुन । वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत ८ लाख घुस रकम छोडेर भागेका छन् । भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका राउतअख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन् ।

अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियन्त्रणमा लिएको छ ।घूस रकम लिएर भाग्दै गरेको प्र२–०२–००१ झ ०००२ नम्बरको स्कोर्पियो गाडीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग २ नम्बर प्रदेश कार्यालयका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

अख्तियारले पिछा गरेको थाहा पाएपछि अध्यक्ष क्षेत्रीले घूस बापत लिएको रकम छिरेश्वर नगरपालिका–५ को बाटोमा छोडेर भागेको पनि आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here