गाेरखा । जिल्लाकाे भीमसेनथापा गाउँपालिका वडा नम्वर ७ ले आज एक विज्ञप्ती जारी गरी गाउँघरमा हुने भाेजभतेर, कुल देवता पूजा, जमघट,खेलकुद, एक घरबाट अर्काे घरमा जाने क्रियाकलापहरु अर्काे सूचना जारी नहुँदा सम्म नगर्न र नगराउन अत्यन्त जरुरी सूचना जारी गरेकाे छ । पालिका र जिल्लाबाट भएकाे आदेश अक्षरस पालना गर्न वडाले आग्रह गरेकाे छ ।
स्वास्थ्य समस्या परेका नागरिहरुले सम्बन्धित निकायबाट सहयाेग लिन र स्वास्थ्य मापदण्ड पालना गर्न वडा अध्यक्ष नारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
हेर्नुहाेस विज्ञप्ती







