गाेरखा । जिल्लाकाे भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेका नेवार समुदायका नागरिकहरु जेठ ६ र ७ गते ठूलाे सँख्यामा बाेर्लाङमा भेला हुने भएका छन् । प्रत्येक वर्ष हुने दियाली पुजाका लागि बाेर्लाङ घर भइ विभिन्न स्थानमा बसाेबास गर्ने नागरिकहरु भेला भइ पुजामा सहभागि हुने भएका हुन् ।
काेराेना सङक्रमितहरुकाे सङ्ख्या धेरै रहेकाे यस क्षेत्रमा अझ धेरै नागरिकहरु भीडभाड हुँदा काेराेनाले अर्काे रुप लिने कतिपयले अडकलबाजी गरेका छन् ।
स्थानीय नागरिकहरु पुजा राेक्न नहुने, काेराेना राेक्नका लागि देवीदेवताहरुकाे पुजाले सहयाेग पुग्ने बताउँदै आएका छन् । वडा कार्यालय भने भीडभाड हुने कुनैपनि गतिविधि गर्न पाइँदैन, राेक्नुपर्छ भन्ने पक्षमा छन् ।






