बागलुङमा एकै परिवारका दुइ छाेरा सहित बाबुकाे मृत्यु

शुक्रबार, बैशाख ३१, २०७८
0
309
फाइल फाेटाे

बागलुङ ।  कोरोनाका कारण बडिगाडका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । संक्रमणबाट बाबुको मृत्यु भएको एक साता पछि दुई छोराको संक्रमणकै कारण मृत्यु भएको हो ।

धौलागिरी अस्पतालमा उपचारत बडिगाड गाउँपालिका–४ का ४० वर्षको पुरुषको बिहीबार राती मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले बताए ।

मृतकका बुबाको यस अघि धौलागिरी अस्पतालमा ८७ वर्षको उमेरमा यही वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो । उनकाे  परिवारको अर्को छोराको उपचारका क्रममा पोखरामा बिहीबार रातीनै मृत्यु भएको छ ।

उनकै  परिवारको ५२ वर्षको पुरुषको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पोखरामा मृत्यु भएको शव बागलुङ ल्याउने अथवा पोखरानै अन्त्यष्टी गर्ने भन्नेमा छलफल भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here