बैशाख ३१, गोरखा । जिल्लाकाे शहिद लखन गाऊँपालिकामा ४९ जना र आरुघाट गाउँपालिकामा ३८ जना गरी आज ८७ जना कोरोना संक्रमित थपिएका छन् ।
शहिदलखनकाे शनिवार स्वाब संकलन गरि पठाइएका ७१ जनामध्ये ४९ जनामा संक्रमण पुष्टि भएको गाऊँपालिकाको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
संक्रमित हुनेहरुमा वडा नम्वर ६ का ३१ जना वडा नम्वर ८ का १६ जना र वडा नम्वर ७ को २ जना रहेका गाऊँपालिका स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए । पालिका भित्र यस अघि ७७ जना सङक्रमित उपचार गराइरहेका छन् ।
आरुघाट गाउँपालिकामा २६ गते सोमवार स्वाब संकलन गरिएका १ शय १६ जनामध्ये ३८ जनामा संक्रमण पुष्टि भएको गाऊँपालिका स्वास्थ्य शाखाले जनाएकाे छ ।
संक्रमण हुनेहरुमा वडा नम्वर ८ का २५ जना, वडा नम्वर ९ का ९ जना, वडा नम्वर १० का २ जना र वडा नम्वर ४ का २ जना रहेका शाखा प्रमुख विजय श्रेष्ठले बताए ।






