जेठ ५, गाेरखा । गोरखा आसपासका क्षेत्रमा कडा भुकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर ४२ मिनेटमा भुकम्पको धक्का महसुस भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्प गएपछि गोरखा सदरमुकाम सहित आसपासमा मानिसहरु अत्तालिएर घरबाहिर निस्किएका थिए । राष्ट्रिय भुकम्प मापन केन्द्रका प्राविधिक राजेश शर्माका अनुसार ५ दशमलब ८ रेक्टर स्केलको उक्त भुकम्प लमजुङकाे भुलभुले क्षेत्र केन्द्रबिन्दु भएर भुकम्प गएको हो । भूकम्पका कारण भएकाे क्षतिकाे विवरण आउन बाँकी रहेकाे छ ।






