तारानगर,गाेरखा । लायन्स क्लव अफ तारानगरले नगरभित्र रहेका स्वास्थ्य चाैकी, वडा कार्यालय , पत्रकार र प्रहरी चाैकीलाइ स्वास्थ्य सामग्री प्रदान गरेकाे छ ।

क्लवले श्री तारानगर स्वास्थ्य चौकि १ थान थर्मगन ,प्रहरी चौकि १२ किलो १ थान थर्मगन १ थान अक्सिमिटर , ११ नम्वर कार्यलयलाइ १ थान थर्मगन एक थान अक्सिमिटर प्रदान गरेकाे छ । यसैगरी स्वास्थ्य चौकि ११ न वडा १ थान थर्मगन ३ थान अक्सिमिटर , श्री पत्रकार महासङ गोर्खालाइ २ थान अक्सिमिटर, स्वास्थ्य चाैकी छेपेटार १ थान थर्मगन र २ थान अक्सिमिटर प्रदान गरिएकाे क्लवका अध्यक्ष सुरेन लामिछानेले बताए ।
लकडाउन सुरु भए यता क्लबले १२ किलो चोकमा निशुल्क पिउने पानीको व्यवस्था समेत गर्दै आएको छ।

क्लवका सदस्यहरुले आफ्नै लगानीमा सेवाभावले सहयाेग गरेका अध्यक्ष लामिछानेकाे भनाइ छ । हामी सेवा गर्छाै भन्ने उदेश्यका साथ स्थापना भएकाे क्लवले सामाजिक कार्यमा सघाउँदै आएकाे छ ।






