गाेरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले सुचना जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
असार १६ देखि १९ सम्म वर्षाको कारण त्रिसुली, बूढीगण्डकी, मस्र्याङ्दी नदीमा पानीको बाहब बढ्ने भएकाले सतर्क रहन भन्दै प्रशासनले सूचना जारी गरेको हो ।

अधिकृत हर्कबहादुर रोकाले सुचना जारी गर्दै मस्र्याङ्दी, दरौँदी, बूढीगण्डकी लगायत नदीनालाको आसपासका ठाउँमा नजान, वरपर बसोवास गर्ने घर परिवारहरुलाई सतर्क रहन, जोखिम आँकलन गरी सुरक्षित हुन अनुरोध गरेका छन् । बर्षातका कारण हुने क्षतिलाइ न्यूनिकरण गर्न सबै सतर्क हुनुपर्ने प्रशासनले जनाएकाे छ ।






