पाेखरा । गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका मन्त्री मधु अधिकारी गुरुङसँग आज नेपालका लागि ईजरायली महामहिम राजदुत हनान गोदरज्यूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शिष्टाचार भेटघाट गरेका छन् ।
भेटघाटमा माननीय मन्त्री गूरुङले कोरोनाको संक्रमणकालिन अबस्थामा ईजरायली सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गरेको सहयोग प्रति गण्डकी प्रदेश सरकारको तर्फबाट ईजरायली सरकार र जनतालाई धन्यबाद प्रकट गरेकी छन् ।
साे अवसरमा गण्डकी प्रदेशमा लगानी हुनसक्ने सम्भावित क्षेत्रहरु जस्तै: ICU ब्यबस्थापन, बिध्युतिय रेकर्ड प्रणाली, आपतकालिन अवस्थाका साथै गर्भवती तथा सुत्केरी महिला उद्धारमा प्रयोग हुने एयर एम्बुलेन्सका बारेमा समेत छलफल भएको थियो ।
सो भेटघाट कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, गण्डकी प्रदेशका सचिब डा. बिनोद बिन्दु शर्मा सहित उपस्थिति रहेको थियो ।






