गाेरखा । जिल्लाकाे अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले शनिबार आयोजित नवौँ गाउँ सभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
अध्यक्षद्वारा प्रस्तुत नीति तथा कार्यक्रम गाउँसभा सदस्यबाट सर्वसम्मत पारित भएकाे निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडीले बताए ।
नीति तथा कार्यक्रमले कोरोना रोमथाम नियन्त्रण तथा उपचार, शिक्षा स्वास्थ्य, रोजगारीलाई गाउँपालिकाले प्राथमिकतामा दिएकाे दवाडीले जानकारी दिए ।





