गण्डकीमा बन्ने ११ जना मन्त्री काे काे हुन् ?

आइतवार, असार ६, २०७८
0
693

पाेखरा । विना विभागिय मन्त्रीहरु लिएर हिड्न थालेकाे हप्ता दिन भैसक्दा पनि मन्त्रालय बाँडफाँड हुन सकेकाे छैन । तीन दलहरु विच कति मन्त्रालय लिने भन्नेमा सहमति जुटेपनि कुन कुन मन्त्रालय लिने भन्नेमा अझै छलफल चलिरहेकाे मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

सबै दलहरुलाइ मिलाएर लैजानुपर्ने बाध्यता रहेका कारण मुख्यमन्त्रीले आफूसँग अरुले राेजेर छाेडेकाे मन्त्रालय राख्नुपर्ने बाध्यता एकातिर छ भने अर्काेतिर आफ्नै पार्टी भित्र कसलाइ मन्त्री बनाउने भन्नेमा पनि सकस छ ।

यस अघि नेकपा एमालेसँग मिलेर सत्ता साझेदार गरेकाे नेकपा माओवादी केन्द्रका दुइ मन्त्रीहरु पुन यस पटक पनि मन्त्री बन्ने दाैडमा रहेका छन् । गाेरखा जिल्ला पार्टीका अध्यक्ष समेत रहेका लेख बहादुर थापाले यस अघि भूमि,कृषि तथा सहकारी व्यवस्थापन मन्त्रालय सम्हालेर नीतिगत रुपमा राम्राे काम गरेका कारण माओवादीले उनैकाे नेतृत्वमा ४ मन्त्रालय लिएर सरकारमा पठाउने तयारी गरेकाे छ । थापा कर्तव्यनिष्ट र पार्टी प्रति इमान्दार भएका कारण उनकाे विकल्प साेचिएकाे छैन पार्टीका केन्द्रीय नेताले भने । यस अघि २०७० मा देशै भरी पार्टीले चुनाव हार्दा पनि थापाले नेतृत्व गरेकाे पार्टीले गाेरखाका सबै क्षेत्रमा निर्वाचनमा विजय हासिल गरेकाे थियाे ।

यस अघि पनि थापाले नेतृत्व गरेकाे निर्वाचन क्षेत्रमा नेकपाले निर्वाचन जितेकाे थियाे । थापालाइ प्रदेश सरकारकाे नेतृत्वमा पठाउँदा आगामी चुनावी रणनीतिका लागि प्रदेशका ११ वटै जिल्लाका लागि मद्दत हुने पार्टिले ठहर गरेकाे छ । मन्त्री हुन कसले रहर गर्दैन ? रहर गर्दैमा हुने कुरा हाेइन पार्टी , सँगठन, जनताकाे हितमा काम गर्नु र उसले बनाएका याेजना सफल हुनु मुख्य कुरा हाे । प्रदेशमा पार्टीले दुइ तिहाइ मत ल्याएर मुख्यमन्त्री सहितका मन्त्रालय पाउने गरी अव चुनावी मैदानमा सबै उत्रनु पर्छ । छाेटाे समयमकाे मन्त्री मण्डलमा जान इमान्दार र कर्तव्य निष्ठ नेताहरुले जाेडबल गर्नु आवश्यक नरहेकाे ति नेताले बताए ।

पूराना मानिसलाइ फेरी पठाउँदा मन्त्रालयमा कार्य सम्पादन राम्राे हुने र सरकार पनि सफल हुने उनकाे दावी छ ।  लमजुङकी मधुमाया अधिकारी मन्त्री बनि सकेकि छन् । कास्किबाट दिपक काेइरला क्याविनेटमा पुग्नेछन् । बागलुङका चन्द्र बुढा मन्त्री बन्ने पक्कापक्की भैसकेकाे छ ।

याे सरकार चुनावी सरकार समेत भएका कारण पार्टीका अन्य नेताहरुलाइ निर्वाचन क्षेत्रमा खटाउने र माथि उल्लेखित साँसदहरुलाइ मन्त्री बनाउने तयारीमा माओवादी केन्द्र जुटेकाे हाे ।

मुख्यमन्त्री पाएकाे काँग्रेसमा काँग्रेसबाट अझै दुईजना सरकारमा सामेल हुन बाँकी छ । काँग्रेसबाट सरकारमा जान विन्दु थापा, मेखलाल श्रेष्ठ र प्रकाशचन्द्र दवाडीको नाम चर्चामा छ । तर, काँग्रेसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कोइराला पक्षबाट समेत समेट्नुपर्ने बाध्यताका कारण मुख्यमन्त्रीले मात्र यसबारे निर्णय गर्न सक्ने अवस्था छैन । मुख्यमन्त्री काठमाण्डाै पुगेर मन्त्रीकाे टुङ्गाे लगाउने पर्ने बाध्यता परेकाे छ ।

सँघीय समाजबादी पार्टीबाट हरीशरण आचार्य अर्थ मन्त्री बन्ने र धनमाया लामा पाेखरेल भागमा परेकाे मन्त्रालय सम्हाल्ने निश्चित भैसकेकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here