गाेरखा । विदेशमा रहेर काम गरिररहेका गाेरखालीहरुकाे सँस्था ग्लोबल गोरखा समाजले गोरखा भित्रका स्थानीय तहका स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ ।
ग्रामिण क्षेत्रमा रहेका नागरिकहरुले स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको समाजका काेषाध्यक्ष आकाश बञ्जराले बताए ।
जिल्ला समन्वय समिति गाेरखाकाे प्राङगणमा आज सामग्री हस्तान्तरण भएकाे हाे । साे अवसरमा नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डे जिल्ला समन्वय समितिका प्रमुख अशाेक कुमार गुरुङकाे सहभागिता रहेकाे थियाे ।
जिल्ला भित्र १२३ वटा स्वास्थ्य सँस्था सरकारकाे स्वामित्वका रहेका छन् । समाजले यस अघि जिल्लाका ११ पालिका , जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, पत्रकारहरुलाइ समेत धेरै मात्रामा स्वास्थ्य सामग्री प्रदान गरेकाे थियाे । विपदका समयमा समाजले जिल्लामा सघाउँदै आएकाे छ ।





