यसरी भएकाे थियाे गाेरखा जेल ब्रेक

बिहिबार, असाेज ७, २०७८
0
337

‘आज म भावुक भएकी छु । साथीहरूको यादले बेस्सरी सताएको छ ।’ एक महिलाको याे अभिव्यक्तिले एकाएक सन्नाटा छायो । सबैलाई भावुक बनाउने गरी यसरी बोल्ने महिला थिइन् जेल ब्रेकर कमला नहर्की ।

एक हिम्मतवाली महिला । किर्तिमानीका साथ इतिहास रच्ने महिलाको मुखबाट निस्कने आवाज र शब्दमा सहाभागीले यस्तो भावुकताको अपेक्षा गरेका थिएनन् । तर उनको निराशाजनक, गलित र मलिन आवाजले एकाएक माहोलमा शून्यता आयो । उनी ११ पुस ०५७ मा जेलभित्रको एउटा कुनामा बसेर जमिन खोस्रदै थिइन्, स्वीटर बुन्ने काँटीले । जेल ब्रेक गरेरै भए पनि खुल्ला आकासमा उड्ने सुनौलो सपना संगालेर ।

आजभन्दा ठीक २० वर्ष अघि । १६ वर्षकी एउटी युवती गोरखाको जेलमा राज्यविरूद्धको कसुरमा सजाय भोग्दै थिइन् । उनी ११ पुस ०५७ मा जेलभित्रको एउटा कुनामा बसेर जमिन खोस्रदै थिइन्, स्वीटर बुन्ने काँटीले । जेल ब्रेक गरेरै भए पनि खुल्ला आकासमा उड्ने सुनौलो सपना संगालेर । सामान्य औजारले जेलब्रेक गर्न जमिन कोट्याउनु निकै मूर्खतापूर्ण कार्य थियो । अपत्यारिलो र असम्भव पनि । तर वर्गीय आन्दोलनप्रतिको अथक लगावले खुल्ला आकाशमा उड्न चाहने पन्छीको उत्कट चाहनालाई रोकिन दिनेवाला थिएन । अन्ततः ठीक ४ महिनापछि, १७ चैत ०५७ मा साहसी यि महिलाहरूले जेलको चार पर्खालभित्रबाट जमिन मूनि (सुरुङ)को बाटो हुँदै खुला आकाशमा उडान भरे । उनीहरूको त्यो संघर्षशील अनि साहसिक उडानले विश्वलाई नै चकित तुल्यायो ।

किर्तिमानी कायम ग¥यो । तर संसारका महिलाहरूको रगतमा हिम्मतको सञ्चार भर्ने तीनै योद्धा आज निराश छन् । निर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मञ्चमा पुगेर कमलाको आडैमा बसे । तीनै प्रचण्डको पथमा हिँडेर जेल जीवन भोगेकी, उनैले नेतृत्व गरेको वर्गीय मुक्ति आन्दोलनलाई साथ दिने हुटहुटीले जेल नै ब्रेक गरेर इतिहास रचेकी थिइन् कमला । आज तिनै नेतृत्वको समिपमै हुँदा पनि एक्लो अनुभूति गरिन् । उनी अझै खोजिरहन्छिन् ती ६ सहयोद्धाहरु जोसँग भावना, विचार र लक्ष्य एउटै भएकै कारण जेल ब्रेक गर्न सफल भएका थिए । ‘४ महिनामा कुनै पनि रात राम्रोसँग निदाएनौँ । ६ जनामध्ये एकै जनामात्रै ब्यझिए सबै उठ्थ्याैँ र थप याेजनाकाे छलफल गर्थ्याैँ । जिम्मेवारी बाँडफाँड अनुसार सुरूङ खन्ने धेरै काम मैले गरे, साथीहरूप्रतिको विश्वासका कारण म सुरूङ ढुक्क भएर खन्थेँ,’ कमलाले भनिन्,‘अन्तिम दिन.. जेलमा भएका अन्य कैदीहरूसमेतलाई राखेर १७ गते साँझ भोज ग¥यौं । भोजपछि अरु कैदीहरूलाई मादल बजाएर नाचगानमा भुलायौँ । केही साथी भने शौचालयको भेन्टिलेसन फोडेर नस्कने तयारीमा लाग्याैँ । सुरूङबाट जेलबाहिर निस्किएपछि प्रहरीले देख्याे र फायरिङ गर्यो । हामी तितरवितर भयौं । १ महिनापछि ६ जना साथीहरूबीच बल्ल भेट भयो ।’ त्यतिखेरकाेबेला त्यसै पनि द्वन्द्वकाे समय । आज जस्ताे संचार र सामाजिक संजालकाे जमाना थिएन । कुनै नयाँ खबर तथा समाचार थाहा पाउन पनि धेरै समय लाग्थ्याे ।

घटना या समाचारहरू बिरलै चर्चित हुन्थे । बिरलै चर्चित घटना अनि समाचारमध्ये एक थियाे गाेरखा जेलब्रेक । सूचना प्रविधिकाे साँघुराे त्याे समयमा पनि महिलाहरूद्वार गरिएकाे त्याे जेलब्रेक नेपालमा मात्रै हाेइन विश्वमै चर्चाकाे विषय बन्याे । आफूहरूले जेल ब्रेक गरेको कुरा धेरै चर्चा भएको कमलाहरूले पछिमात्र थाहा पाए । उनले भनिन्,‘चर्चित हुने रहरले होइन पार्टी र आन्दोलनलाई सहयोग गर्न जेल ब्रेक गरेका थियौं ।’ उनी ती योद्धाहरु सँगै नहुँदा जेल ब्रेक गरेको आजको गौरवपूर्ण दिनमा पनि मनदेखि खुशी नभएको प्रष्टै देखिन्थ्यो । आफ्ना कमाण्डर प्रचण्डको हातबाट सम्मान थाप्दा उनको आँखामा खुसी थिएन, भावुकता मात्रै देखिन्थ्यो । उनैलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा बोल्न आग्रह गरेपछि सुरुवातमै भावुक भइन् । भावुकता लुकाउन सकिनन् । ‘म आज भावुक भएकी छु’, उनले भनिन् ‘सहिद एन्जिला र मिनाको यादले बेस्सरी सताएको छ ।’ उनले यसो भनिरहँदा हलमा सन्नाटा छायो । मीना मरहट्टा र एन्जिला विक जेल ब्रेक गर्दाका सहयोद्धाहरु हुन् । पछि उनीहरु सहिद भए । अहिले ती दुई जनासँग उनी चाहेर पनि भौतिकरुपमा भेट्न सक्दिनन् । ‘बाँचेका ४ जना पनि भौतिक र वैचारिकरुपमा टाढा भएको हुँदा दुःख लागेको छ,’ उनले भनिन् । ११ पुस ०५७ मा माओ जयन्तीको दिन पारेर जेल ब्रेकको जग खन्ने सुरुवात गरे । त्यसको ठीक ४ महिनापछि १७ चैत ०५७ मा उनीहरूले आफ्नो योजना सफल बनाइ छाडे । हो, एउटै बिचार, एउटै लक्ष्य अनि एउटै भावनाकै कारण कल्पनासम्म गर्न नसकिने जेलब्रेक यथार्थमै प्रमाणित गरिदिँदा नेपालमात्र होइन विश्व नै चकित बनाउने ती महान ६ जना महिलामध्ये कोही भौतिक रुपमै त कोही विचारका कारण छुटे । दुई जना सहीद भएर इतिहासमा अर्को नाम लेखाए ।

उमा भुजेल उनले आस्था राख्ने पार्टीले पोखरामा अर्को कार्यक्रम आयोजना गरेको कारण उपस्थित हुन सकिनन् । सपना र सञ्जु कारणवस आउन सकेनन् । मञ्चमा उनीसँगै थिइन् रिता विक मात्रै । रिता र कमला दुवैका आँखाले कार्यक्रमको भीडमा ती सहयोद्धालाई नै खोजिरहेका थिए । साहसी ६ महिला ०५६ सालमा तत्कालिन शाही सरकारले माओवादीविरुद्ध थालेको ‘किलो सेरा टु अप्रेशन’ले थिल्थिलो पारेको अवस्थामा गिरफ्तार परेका थिए । गोरखाको जेलमा भेट भएका उनीहरूमा क्रान्तिकारी भावना, वर्गप्रतिको लगावमा एकरुपता थियो । अनि त्यो एकता बलियो पनि थियो । त्यही एकरुपताको विश्वासमा ११ पुस ०५७ मा माओ जयन्तीको दिन पारेर जेल ब्रेकको जग खन्ने सुरुवात गरे । त्यसको ठीक ४ महिनापछि १७ चैत ०५७ मा उनीहरूले आफ्नो योजना सफल बनाइ छाडे ।

त्यतिबेला कडा सुरक्षा घेराबीच महिलाले जेलब्रेक गरेको कुराले सबैलाई आश्र्चयकित तुल्यायो । उनीहरूको त्यो हिम्मत, आँट साहस नेपालमा मात्र नभइ विश्वलाई चकित तुल्यायो । कतिपयले त महिला एक्लैबाट सम्भव नभएको र सुरक्षा फौजले सहयोग गरेको भन्दै आशंका पनि गरेका थिए । प्रहरीले थाहा पाए बाचिँदैन भन्ने थियो । सुरुङ खन्दा कैयौँ पटक निसास्सिएर मर्नमर्न आँटेको सम्झँदा अहिले पनि उनलाई उकुसमुकुस हुन्छ । कमलाले भनिन्,‘हो, हामीलाई प्रहरीले सहयोग गरेकै हो हामीलाई कमजोर सम्झेर ।’ चुलाचौकामै सीमित महिलाले सुरक्षा घेरा तोडेर निस्कन्छन् भन्ने कसैका लागि पनि कल्पनाभित्रको कुरा थिएन । समाजमा महिलालाई निरिह सोचिने र त्यहीअनुसार गरिने व्यवहार गोरखा जेलभित्र रहेका महिलामाथि डिउटीमा खटिएका प्रहरीले पनि त्यही गरे । त्यही सोँच जेल ब्रेक गर्ने महिलाको साहसमा सहयोगी बन्यो । उनीहरू त्यस ४ महिना राम्रोसँग निदाएनन् । कति चुनौतीपूर्ण थियो ।

प्रहरीले थाहा पाए बाचिँदैन भन्ने त पक्का थियो नै। सुरुङ खन्दा कैयौँ पटक निसास्सिएर मर्नमर्न आँटेको सम्झँदा अहिले पनि उनलाई उकुसमुकुस हुन्छ । अहिले कमला पार्टीमा टिमवर्कको अभाव रहेको बताउँछिन् । पार्टी अनि नेतृत्वमा अडिक विचार र कार्यदिशाको अभाव औँल्याउन्दै भनिन्,‘हामीमा आज पनि क्रान्तिकारी शक्ति एक भएर बाँकी कार्यभार पूरा गर्न सक्छौँ भन्ने जोश र जाँगर बाँकी नै छ ।’ अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजना गरेको अभिनन्दन कार्यक्रममा अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष अमृता थापामगरले राज्यका हरेक प्रणाली परिवर्तन गर्नमा महिलाको भूमिका उल्लेख्य रहेको बताइन् । उनले राजतन्त्र ढाल्ने जनयुद्धमा समेत महिलाको भूमिका उच्च रहेको बताइन् । थापाले गोरखा जेलब्रेकलाई पट्यारलाग्दो जिन्दगी जिइरहेका महिलाले हिम्मत गरे अपत्यारितो परिवर्तन ल्याउन सक्छन् भनि प्रमाणित गरेको पनि बताइन् । उपाध्यक्ष सरिता महर्जनले संविधान र अधिकार लेखिए पनि अवस्थामा परिवर्तन नआएको बताइन् । उनले त्यसका लागि फेरि लड्नुपर्ने आवश्यकता रहेको बताइन् । अखिल क्रान्तिकारीकी उपाध्यक्ष पञ्चा सिंहले हरेक तह र तप्कामा ५० प्रतिशत सहभागिताको बहस हुँदा पार्टी कमिटी मै ३३ प्रतिशतको सहभागिता नरहेकोप्रति आश्चर्य व्यक्त गरिन् ।

महिला संगठनबाहेक पार्टीको कुनै पनि संगठन या कमिटीमा महिलालाई कार्यकारी पद नदिएको गुनासो गर्दै सिंहले प्रश्न गरिन्,‘अध्यक्ष या सचिव बन्ने हैसियत यो पार्टीमा महिलाले राख्छन् या राख्दैनन् ?’ संविधानले नै दिएको सपानुपातिक अधिकारको कार्यान्वय पार्टीबाटै नभएको भन्दै उनले बन्दुक बोकेर निर्णायक संघर्ष गरेका महिलाहरुको सहभागिता र मुद्दा कमजोर भएकोमा दुःख व्यक्त गरिन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here