नाग्दि खाेलामा कार खस्याे, तीन जना बेपत्ता, एक जनाकाे जिवितै उद्धार

शुक्रबार, असाेज ८, २०७८
0
276
तस्वीर सौजन्यः विनोद श्रेष्ठ

मुग्लिन ।  पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डमा मध्यरातमा त्रिशुलीमा कार खसेको छ। उक्त सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै पर्ने नाग्दिखोलाबाट गएराति राति करिब १२ः३० बजे त्रिशूलीमा कार खसेको हो ।

मुग्लिन प्रहरीले   दिएको जानकारी अनुसार काठमाडौंबाट पोखरा जादै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल त्रिशुलीमा नदीमा खस्दा कारमा सवार चारजना मध्ये ३ जना बेपत्ता भएको र १ जना घाईते भएको छ। दुर्घटनामा परि घाईते हुनेमा पोखरा महानगरपालिका १७ कास्की बस्ने ४९ बर्षिय रुद्रलाल सुवेदी रहेको प्रहरीले जनाएको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ।

दुर्घटनामा परि बेपत्ता हुनेहरूमा कार चालक कास्की, पोखरा महानगरपालिका वडा नं १७ का अन्दाजी ५५/६० वर्षिय प्रेम भुजेल, कारमा सवार ५५/६० वर्षीय लेखबहादुर भुजेल र निजकी श्रीमती ३६ वर्षिया ईश्वरी भुजेल रहेको प्रहरीले जानकारी दिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here