गोरखा ९ असाेज । नेपाली काँग्रेस गाेरखाकाे पालिका महाधिवेशनमा आज सभापति सहितका प्रतिनिधि छनाैट हुने भएकाे छ । गाेरखा जिल्लाकाे चुमनुब्री र धार्चे गाउँपालिका बाहेक बाँकी रहेका ९ वटा पालिकामा चुनाव हुनसक्ने नेपाली काँग्रेस गाेरखा जिल्ला समितिका एक सदस्यले बताए । अधिकाँश पालिकामा देउवा प्यानल अगाडि देखिएकाे छ । काँग्रेसमा पछिल्लाे समय विचार भन्दा पनि भुसतिघ्रे ( ठूला तिघ्रा वा डाल भएअनुसार काम नदिने। मोटा र खस्रा तिघ्रा भएको; मोटो र तिघ्रे) हरुकाे विगविगि रहेकाले विचार धरापमा पर्ने लागेकाे काँग्रेस नेता कार्यकर्ताहरु बताउँछन् ।
जिल्ला निर्वाचन अधिकृत देव बहादुर महतका अनुसार ११ वटै पालिकामा शिक्षकहरुलाइ निर्वाचन अधिकृत खटाइसकिएकाे र उनीहरु सबै जना पालिकाकाे केन्द्रमा पुगेर कामकाे थालनी गरेका छन् । पालिका फरक पर्ने गरी शिक्षक सँघका सदस्यहरुलाइ निर्वाचन अधिकृत बनाएर पठाइएकाे उनले बताए ।
विपिकाे चिन्तनलाइ आदर्श मानेकाे काँग्रेसमा पछिल्लाे समय विचार विहिनले नेतृत्व गर्न थालेकाे भन्दै उसकै पार्टी भित्र आलाेचना हुँदै आइरहेकाे छ । पालिका महाधिवेशनमा काँग्रेसकाे मण्डले प्रवृतिले जित्ने सम्भावना देखिएकाले विचारकाे काँग्रेसलाइ जिताउन पार्टी प्र्तिनिधिहरुलाइ अनुराेध गरिएकाे ति सदस्यले बताए ।






