नेपाली कांग्रेसको छ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको नेपाली काँग्रेस गाेरखाले जनाएकाे छ । गाेरखा नगरपालिका, पालुङ्टार नगरपालिका, भीमसेन थापा गाउँपालिका, बारपाक सुलिकाेट गाउँपालिका र सिरानचाेक गाउँपालिकामा भने चुनावी प्रक्रिया सुरु भएकाे नेपाली काँग्रेस गाेरखाका निर्वाचन अधिकृत देव बहादुर महतले जानकारी दिए । पार्टी भित्र देउवा,सिटाैला,प्रकाशमानसिँह, रामचन्द्र पाैड्याल, काेइराला र विमलेन्ध्र गुटकाे दवदवा रहेकाे देखिएकाे छ ।
१४ औँ अधिवेशनमा चुमनुब्री गाउँपालिकामा सुर्य गुरुङ, धार्चे गाउँपालिकामा सन्तोष गुरुङ, आरुघाट गाउँपालिकामा राजु गुरुङ, शहीदलखन गाउँपालिकामा काशिनाथ अम्गाई, अजिरकोट गाउँपालिकामा जंगबहादुर गुरुङ, गण्डकी गाउँपालिकामा होमबहादुर राना सभापतिमा छनाैट भएका छन् ।
गोरखा नगरपालिकामा भने चन्दनबाबु खत्री र डिलबहादुर थापा मगर बिच प्रतिषप्रर्धा हुने भएको छ । खत्री देउवा प्यानल र थापा रामचन्द्र प्यानलका रहेका छन् । खत्रीलाइ मेयर राजनराजपन्तकाे साथ रहेकाे स्राेतकाे दावी छ । पालुङटार नगरपालिकामा अमर धिताल र बिमल ढकाल वीच प्रतिष्पर्धा रहेकाे छ । मेयर दिपक बाबु कँडेलेकाे साथ अमर धिताललाइ रहेकाे छ । यस अघि धिताल वडा नम्बर १० मा वडा अध्यक्षका प्रत्यासी रहेका थिए ।
भिमसेन थापा गाउँपालिकामा नारायण भट्टराई र दिनेश (लक्ष्मण) नरालले उमेद्धवारी दर्ता गराएका छन् । लामो समय छलफल भएपनि सहमती हुन सकेकाे छैन ।
बारपाक सुलिकोट गाउँपालिकामा जितबहादुर घले र केशरी ढकालले पालिका सभापतिमा मनाेनयन दर्ता गरेका छन् । सिरानचाेकमा ज्ञानेन्द्र गुरुङ, बिरबहादुर थापा, भक्तबहादुर गुरुङ र जयकृष्ण ढकालले उमेद्धवारी दर्ता गरी निर्वाचन प्रचारमा जुटेका छन् ।






