वृद्धावृद्धा तथा अपाङ्गता भएकालाई घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँछाैँ : अध्यक्ष श्रेष्ठ

बुधबार, जेष्ठ ११, २०७९
0
187
भीमसेन थापा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष विकास श्रेष्ठ ।
गाेरखा । जिल्लाकाे भिमसेन थापा गाउँपालिका-१ का वडाध्यक्ष श्रेष्ठको पहिलो निर्णय- वृद्धावृद्धा तथा अपाङ्गता भएका नागरिकलाई घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 आफ्नो कार्यकालको शुभारम्भ गर्दै उनले वडामा रहेका वृद्धावृद्धा तथा अपाङ्गले पाउदै गरेको समाजिक सुरक्षा भत्ता टोलटोलमा स्वयम् उपस्थित भइ सम्बन्धित व्यक्तिले नै उपलब्ध गराउने निर्णय गरेका हुन्।
भौगोलिक अबस्थाका कारण धेरै उमेर भएका बुबाआमाहरुले समयमै समाजिक सुरक्षा भत्ता लिन जान नसक्ने साथै कानुनी झनझटका कारण कतिपयलाई असहज भएकोले सहजिकरणको लागि यस्तो निर्णय गरेको अध्यक्ष श्रेष्ठ बताउछन् । उनले वडामा रहेका ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई घरघरमा गइ मासिक निशुल्क स्वास्थ्य परिक्षण गरि स्वास्थ्य सेवा सम्बन्धी उचित परामर्श दिने निर्णय गरेका छन्। प्रत्येक साविकका वार्डमा सुचना पाटी बनाउने, कृषकलाई आवस्यकता पर्ने रासायनिक मल, वीउ बिजन समयमै उपलब्ध गराइ कृषिमा सुधार गर्ने, सहाराविहीन तथा अपाङ्ग वालवालिकालाई माध्यमिक तहसम्मको शिक्षा निशुल्क व्यावस्था मिलाउने, बेरोजगार युवाहरुलाई स्वरोजगार अन्तर्गत विभिन्न किसिमका तालिम दिइ आत्मनिर्भर बनाउने, कच्ची सडकको स्तरोन्नती तथा ढलनलको व्यवस्था गर्ने घोषणा गरेका छन्।
 वडाको रहेको ‘एक घर एक घारा’ अभियानलाई व्यावस्थित गराउन सम्बन्धीत निकायलाई पहल गर्ने, विधुत प्रसारण लाइन तथा बन्दै गरेको सव स्टेशनलाई तत्काल सुचारु गर्न पहल गर्ने, मध्यपहाडी लोकमार्ग (निमेल -क्वायपानी) सडक खण्ड तत्काल पिच गर्ने र वार्डमा रहेको प्रत्येक घरको नम्बर टाँस गर्ने घोषणा गरेका छन्। गत स्थानीय निर्वाचनमा माओबादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनबाट अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ प्रतिष्पर्धी नेपाली काग्रेसका अध्यक्ष प्रत्याशी गुप्त बहादुर बाँनिया भन्दा १२८ मतअन्तरले विजयि भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here