धार्चे गाऊँपालिकाको कार्यपालिकाले पायाे पूर्णता

शुक्रबार, जेष्ठ १३, २०७९
0
150

गोरखा । जिल्लाकाे धार्चे गाऊँपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । पालिकाले महिला तथा दलित र अल्पसंख्यक सदस्यहरु निर्विरोध निर्वाचित गरेको हो ।  धार्चे गाउँपालिकामा पनि १५ सदस्यीय गाउँ कार्यपालिका गठन भएको छ ।

कार्यपालिकाका थप सदस्यहरुमा जगसिँह घले, मित्रबहादुर सुनार, पासमाया गुरुङ, अनार्दा गुरुङ, देवी सुनार र सुनमाया बिक निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि गण्डकी गाऊँपालिका र बारपाक सुलिकाेट गाउँपालिकाले पनि कार्यपालिकालाई पूर्णता दिइसकेको छ । जिल्लाका अन्य पालिकामा पनि कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया चलिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here