पालुङ्टारमा ७० वटा पाडा वितरण गरिने

मङ्लबार, असार २१, २०७९
0
245
गाेरखा ।  पालुङटार नगरपालिकाको पशु शाखा पालुङटारका किसानहरुलाइ ७० वटा पाडा वितरण गर्ने भएकाे छ ।  ।  संघिय सरकारको मासु मिसन कार्यक्रम अन्तर्गत पाडा प्रवर्धन कार्यक्रम भएकाले आफुहरुले पाडो वितरण गर्नुपरेको शाखा प्रमुख राम प्रसाद देबकोटाको भनाई छ ।
संघिय सरकारको कार्यविधिमा टेकेर आफुहरुले किसान छनोट गरेको उनले बताए ।  शाखाले पाडा वितरणका लागि आवेदन खुलाएको र ९७ जनाको आवेदन परे पनि ७० जनाका लागि मात्र पाडा वितरण गरिएको अधिकृत देबकोटाले बताउ । पाडाे खरिदका लागि १७ लाखको बजेट विनियोजन गरिएको र सोहि बमोजिम पाडो खरिद गरेर किसानलाइृ हस्तान्तरण गर्न लागिएको शाखा प्रमुख देबकोटाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here